आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

फोटो पुस्तक सार्वजनिक गर्दै योगेश भट्टराईले भने– पर्यटनका लागि ताप्लेजुङ भर्जिन ल्याण्ड हो

दैनिक नेपाल २०७८ साउन १६ गते १३:३८

काठमाडौं, १६ साउन । पूर्व पर्यटनमन्त्री तथा नेकपा एमालेका युवा नेता योगेश भट्टराईले ताप्लेजुङ पर्यटनका लागि भर्जिन ल्याण्ड भएको बताएका छन् ।

उनले ताप्लेजुङका १०१ पर्यटकीय गन्तव्यको फोटो पुस्तक सार्वजनिक गर्ने क्रममा आज शनिबार सो कुरा बताएका हुन् । कार्यक्रममा उनले भने, ‘ताप्लेजुङ पर्यटनका लागि भर्जिन ल्याण्ड हो । यस्तो फोटो पुस्तकले पर्यटनको विकासमा सहयोग गर्छ ।’

उनले नेपालको पर्यटन केही खास क्षेत्रमा मात्र सीमित रहेकाले अब विकेन्द्रीकरण गर्ने समय आएको पनि बताएका छन् । पर्यटन बोर्डले ताप्लेजुङको १०१ पर्यटकीय गन्तव्यको फोटो समावेश गरिएको पुस्तक सार्वजनिक गरेको हो ।

बोर्डले ताप्लेजुङ जिल्लाको पर्यटन प्रवर्द्धन गर्नलाई फोटो पुस्तक सार्वजनिक गरेको बताएको छ । उक्त पुस्तक पूर्व पर्यटनमन्त्री योगेश भट्टराई र बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित