२ कार्तिक २०८३, सोमबार

तेल ट्याङ्करमा भएको घातक आक्रमणमा इरान संलग्न भएको इजरायलको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेरुसेलम, १६ साउन । इजरायलले एक ब्रिटिश र अर्का रोमेनियाली नागरिकको ज्यान जानेगरी तेल ट्याङ्करमा भएको आक्रमणमा इरान संलग्न भएको आरोप लगाएको छ ।

लन्डन मुख्यालय रहेको कम्पनी जोडिआक मेरिटाइमले सञ्चालन गरेको एमभी मर्सर स्ट्रीट नामक ट्याङ्कर ओमानको तटीय क्षेत्रबाट अरब सागरतर्फ गइरहेको बेला बिहीबार उक्त घातक घटना भएको थियो ।

इजरेलका पानीजहाज उद्यमी एआल ओफरको उक्त कम्पनीले के भएको हो पत्ता लगाउन काम गरिरहेको जनाएको छ । तर, इजरेलका विदेशमन्त्री याइर लापिडले ‘इरानी आतङ्कवाद’लाई आरोप लगाएको बीबीसीले जनाएको छ ।

‘इरान इजरायलका लागि मात्रै समस्या होइन,’ एउटा विज्ञप्तिमार्फत् उनले भने, ‘विश्व मौन बस्नुहुँदैन ।’ इजरेली विदेशमन्त्रीले त्यसको कडा प्रत्युत्तर दिनुपर्ने बताएका छन् । उनले आफू ब्रिटिश समकक्षीसँग सम्पर्कमा रहेको भन्दै यो मुद्दा संयुक्त राष्ट्रसङ्घमा पनि प्रवेश गराउने जनाएका छन् ।

तर लाइबेरियाको झण्डासहितको उक्त जापानी स्वामित्वको तेल ट्याङ्करमा भएका हमलाको विस्तृत विवरण अझै आइ‍सकेको छैन । इरानले आफूमाथिका आरोपबारे प्रतिक्रिया जनाएको छैन ।

एउटा इरानी अरेबिक टेलिभिजन स्टेशनले नाम नखुलेको स्रोतलाई उद्धृत गर्दै उक्त आक्रमण इरानको साझेदार सिरियाको विमानस्थलमा इजरायलले गरेको आक्रमणको प्रतिशोध भएको उल्लेख गरेको छ ।

सो आक्रमण उक्त क्षेत्रमा तनाव वृद्धि गर्ने गम्भीर घटनाका रूपमा देखिन्छ र कतिपय विवरणमा ड्रोनको प्रयोग भएको उल्लेख गरिएको बीबीसीले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।