४ मंसिर २०८३, शुक्रबार

एमालेको स्थायी कमिटीको बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, १६ साउन । पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

अध्यक्ष केपी ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले बैठक बोलाएका हुन् । दिउँसो तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकले केन्द्रीय विभागहरूलाई पूर्णता दिने बताइएको छ ।

बैठकमा विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषय छलफलका एजेन्डा रहेको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।