शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

चीनलाई ओलम्पिकमा १९ स्वर्ण, जापान दोस्रो पोजिशनमा

दैनिक नेपाल २०७८ साउन १६ गते ७:२३

टोकियो, १६ साउन । चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक ९टोकियो ओलम्पिक–२०२०० को सातौ दिनको खेल सकिदा पदक तालिकामा शीर्षस्थानमा यथावत रहन सफल भएको छ ।

शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा बिहीबार शीर्षस्थानमा फर्किएको थियो । चीनले शुक्रबारसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य गरी कुल ४० पदक जितेको छ ।

दोस्रो स्थानमा रहेको आयोजक जापान १७, स्वर्ण ४ रजत र ७ कास्यगरी कुल २८ पदकसहित दोस्रो स्थानमा रहेको छ । शुक्रबार कुनैपनि स्वर्ण जित्न नसकेको अमेरिका १४ स्वर्ण, १६ रजत र ११ कास्यगरी कुल ४१ पदकसहित तेस्रो स्थानमा यथावत रहेको छ ।

रसियन खेलाडीको टोली ९आरओसी० १० स्वर्ण, १४ रजत र १० कास्यसहित ३४ पदक जित्दै चौथो स्थानमा यथावत रहेको छ । ९ स्वर्ण, २ रजत र ११ कास्यगरी कुल २२ पदक हात पारेको अष्ट्रेलिया पाँचौ स्थानमा यथावत छ ।

इंग्ल्यान्ड ६ स्वर्ण, ९ रजत र ९ कास्यगरी कुल २४ पदक जितेर छैटौं स्थानमा रहेको छ । दक्षिण कोरियाले ५ स्वर्ण ४ रजत र ६ कास्यगरी कुल १५ पदक हात पार्दै सातौ स्थानमा रहेको छ । नेदरल्यान्ड्स ३ स्वर्ण, ७ रजत र ५ कास्यगरी १५ पदक जित्दै आठौं स्थानमा उक्लदा फ्रान्स ३ स्वर्ण, ५ रजत र ५ कास्य गरी १३ कास्य जित्दै नवौं स्थानमा रहँदा जर्मनी ३ स्वर्ण, ४ रजत र ९ कास्य गरी कुल १६ पदक जित्दै शीर्ष १० मा अटाएका छन् ।

क्यानडा, न्युजिल्यान्ड, चेक रिपब्लिक र क्रोएसियाले समान ३ स्वर्ण जित्दै शीर्ष १४ मा अटाएका छन् । दोहोरो स्वर्ण जित्न सफल इटाली, हंगेरी, स्लोभेनिया र कोसोभो शीर्ष १८ मा रहेका छन् ।

ब्राजिल स्वीट्जरल्यान्ड, जर्जिया, रोमानिया, चाइनिज ताइपेइ, हङकङ, दक्षिण अफ्रिका, अष्ट्रिया, सर्विया, नर्वे, स्लोभेनिया, ट्युनिसिया, इस्टोनिया, आयरल्यान्ड, उज्वेकिस्तान, बर्मुडा, इक्वेडर, इथियोपिया, फिजी, ग्रीस, इरान, लात्भिया, फिलिपिन्स र थाइल्यान्डले समान १–१ स्वर्ण जितेका छन् ।

टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ४२ राष्ट्रले स्वर्ण जित्दा ७० राष्ट्रले पदक जित्न सफल भएका छन् । नेपाल पदकविहीन भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित