४ मंसिर २०८३, शुक्रबार

गुणस्तरहीन खाद्य बिक्री गर्ने एक सय व्यक्तिमाथि मुद्दा दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । गुणस्तरहीन खाद्य वस्तु बिक्री गरेको आरोपमा एक सय व्यक्तिमाथि मुद्दा दर्ता भएको छ ।

मानव स्वास्थ्यमा हानि पुर्‍याउने खानेपानी, दुग्धजन्य पदार्थको उत्पादन तथा मासु, दलहनलगायतका सामग्री बिक्री वितरण गरेको अभियोगमा कम्पनीका लगानी कर्ता तथा बिक्रेताका नाममा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

उनीहरू विरुद्ध खाद्य ऐन ९तेस्रो संशोधन० –२०४९ अनुसार मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले अभियोग प्रमाणित भएमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपियाँसम्मा जरिवाना वा दुवै सजाय हुनसक्ने बताए ।