४ मंसिर २०८३, शुक्रबार

चालीस लाखको अवैध सामानसहित बसका चालक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरेन्द्रनगर, १५ साउन । सुर्खेत प्रहरीले ४० लाख भन्दा बढीको अवैध मालसामानसहितको बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले काठमाडौंदेखि जुम्ला जान लागेको ६ ख ६३३८ नम्बरको बस सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि नियन्त्रणका लिएको बताएको छ ।

बससँगै बसमा रहेको ४० लाख २६ हजार ५३३ रुपैयाँ बराबरको अवैध मालसामान सहित सवारी चालकलाई पनि नियन्त्रणका लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीले पक्राउ परेका व्यक्ति बाँकेको जानकी गाउँपालिका २ खजुराका वर्ष ४१ का दलबहादुर बोहरा रहेको जानकारी दिए ।

घर्तीका अनुसार उक्त, बसलाई आवश्यक कारबाहीका लागि लागी राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको छ ।