बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

पाँच पटकसम्म प्रधानमन्त्री हुँदा पनि देउवाको बुद्धि पलाएन : डा. केसी

दैनिक नेपाल २०७८ साउन १४ गते १३:१२

काठमाडौँ, १४ साउन । चिकित्सा शिक्षाको क्षेत्रमा आमूल परिवर्तनका लागि भन्दै विभिन्न माग राखेर कयौं पटक अनशन बसेर चर्चा कमाएका डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवाको अझै बुद्धि नपलाएको टिप्पणी गरेका छन् ।

देउवा सरकारले केही राम्रो काम गर्ला भन्ने आफूले आश राखेको तर, देउवाको सुरुकै कामले आफू निराश भएको बताउँदै उनले सो टिप्पणी गरेका हुन् । एक कार्यक्रममा बोल्दै उनले देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुँदा पनि ‘बुद्धि नपलाएको’ भन्दै व्यङ्ग्यसम्म गरेका छन् ।

‘देउवा प्रधानमन्त्री भएको पाँचौंपटक भयो, यीनले केही गर्छन कि जस्तो लागेको थियो, पाँचौपटक प्रधानमन्त्री बन्दा अलिकति बुद्धि पलाउँछ भनेको त झन्… बुद्धि भएको पलाउनु,’ डा. केसीले व्यङ्ग्य गर्दै भने । देउवा नेतृत्वको सवर्तमान रकारले स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी उमेश श्रेष्ठलाई नियुक्त गरेपछि डा. केसीले आक्रोश व्यक्त गर्दै आएका छन् ।

त्यसो त डा. केसीले केही दिनअगाडि श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई खबरदारी पत्रसमेत लेखेका थिए । उनले देउवा सरकारले केही राम्रो काम गर्ला भन्ने आफूले आश राखेको तर देउवाको सुरुकै कामले आफू निराश भएको पत्रमा उल्लेख गरेका
छन् ।

डा. केसीका अलावा अन्य व्यक्तिहरूबाट पनि श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकामा असन्तुष्टि र आलोचनाहरू आइरहेका छन् । उनले बुधबारको सत्ता गठबन्धनको बैठकमा आफूले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकोमा माफी समेत मागिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित