मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

जसपा कार्यकारिणी समितिको बैठक आज पनि बस्दै

दैनिक नेपाल २०७८ साउन १४ गते १०:४५

काठमाडौं, १४ साउन । जनता समाजवादी पार्टी (जसपा)कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ ।

बिहान ११ बजे पुनः बस्ने बैठकमा सरकारमा सहभागितासँगै पार्टी सङ्ठनका विभिन्न विषयमा छलफल हुने बताइएको छ । यसअघि हिजोको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मेवारी पार्टीका तीन जना शीर्ष नेतालाई दिएको छ ।

ललितपुरको बालकुमारीमा बसेको उक्त बैठकले पार्टीको सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मेवारी दिएको छ ।

बैठकले मन्त्री छनोट गर्दा सबै वर्ग क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी चयन गर्ने मापदण्डसमेत बनाएको छ । बैठकमा केही नेताले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जानुपर्ने धारणा राखेका थिए भने केहीले अहिलेसम्म अवसर नपाएकाहरूलाई पठाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित