शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रियल मड्रिडका खेलाडीलाई कोरोना संक्रमण

दैनिक नेपाल २०७८ साउन १४ गते ९:३९

लण्डन, १४ साउन । स्पेनिस क्लब रियल म्याड्रिडका नयाँ खेलाडी डेभिड अलाबालाई कोरोना संक्रमण पुष्टि भएको छ । अष्ट्रियन डिफेन्डरले रियलको प्रशिक्षण मैदान भाल्डेवेवासनजिकै रहेको अस्पतालमा पीसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएको क्लबले जनाएको छ ।

कोरोना पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा बसिसकेका छन् । युरोपेली च्याम्पियनसिपका कारण रियलको प्रि–सिजनमा ढिला गरी जोडिएको अलाबा अब कम्तीमा पनि १० दिन टोलीको प्रशिक्षण बाहिर रहनेछन् ।

जर्मन क्लब बायर्न म्युनिखका पुर्व खेलाडी अलाबा यो समरमा रियलबाट कोरोना संक्रमण हुने दोस्रो खेलाडी हुन् । यसअघि क्लबका फ्रान्सेली फरवार्ड करिम बेन्जेमालाई कोरोना पुष्टि भएको थियो । उनी फ्रान्समै सेल्फ आइसोलेसनमा रहेका छन् ।

रियलले यसै समरमा २८ वर्षीय अलाबालाई फ्रि एजेन्टमा अनुबन्ध गर्न सफल भएको थियो । उनलाई रियलले एक साताअघि मात्रै क्लबमा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित