शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नुवाकोटको मातपोत कार्यालयमा क्षति, रसुवातिरको सवारी आवागमन अवरुद्ध

दैनिक नेपाल २०७८ साउन १४ गते ९:३२

विदुर, १४ साउन । नुवाकोटमा बुधवार आएको वर्षाका कारण नुवाकोट जिल्लामा विभिन्न स्थानमा ठूलो पहिरो गएको छ ।

पहिरोको कारण सवारी आवागमन समेत ठप्प हुँदा सर्वसाधारणलाई निकै समस्या परेको छ ।

विदुर र बट्टार जोड्ने मैथली व्यारेकको विदुरपट्टी खोल्सा भासिएको छ । पहिरोसँगै मालपोत कार्यालयमा केही क्षति पुगेको छ । खोल्सा भासिएसँगै यातायात पूर्ण रुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यातायात ठप्प भएसँगै रसुवागढी नाकाबाट काठमाडौं हिँडेका मालवाहक सवारी साधनको लाइन लागेको छ । बट्टार त्रिशुली सडकखण्ड पूरै अस्तव्यस्त बनेको छ ।

मोटरसाइकल समेत जान नसक्ने गरी भएको सडक कटान भए पछि एम्बुलेन्स जस्ता आपतकालीन सेवा सञ्चालनमा कठिनाइ भएको जल्लिा प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यातायात ठप्प भएसँगै रसुवागढी नाकाबाट काठमाडौं हिँडेका मालवाहक सवारी साधनको लाइन लागेको छ ।

अन्य सवारी साधन पनि दुवैतर्फ थुनिएका छन् । पहिरो गएको स्थानको यथाशीघ्र संरक्षण नगरे छेउछाउमा ठूलो हानी हुन सक्ने देखएिको स्थानीयले बताएका छन् ।

नुवाकोट सदरमुकाम विदुर समथर भू–भागमा रहेको भए पनि समय समयमा पानीले सडक कटान गर्ने समस्या भने हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित