बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बाबाआमा गुमाएका रियाजले निःशुल्क पढ्न पाउने, बस्नेतले स्कूलमा भर्ना गरिदिए

दैनिक नेपाल २०७८ साउन १४ गते ८:३०

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको बाढीपहिरोबाट अभिभावक गुमाएका ८ वर्षीय रियाज श्रेष्ठलाई स्कूलमा भर्ना गरिदिएका छन् ।

कांग्रेसको बाढीपहिरो विपत् व्यस्थापन समन्वय समितिका संयोजक समेत रहेका बस्नेतले श्रेष्ठलाई काठमाडौंको सान कलेज एण्ड स्कूलमा कक्षा ३ मा भर्ना गरिदिएका हुन् । श्रेष्ठले खान र बस्ने सुविधासहित कक्षा १२ सम्म निःशुल्क अध्यन गर्न पाउनेछन् ।

नेता बस्नेतले श्रेष्ठको अध्ययनका लागि सान एण्ड स्कूलले सहयोग गरेको भन्दै धन्यावाद दिएका छन् । श्रेष्ठले अध्ययन पूरा गरेपछि रोजगारीको व्यवस्था समेत गरिदिने कांग्रेस नेता बस्नेतले बताएका छन् ।

कांग्रेसका नेता बस्नेतले सिन्धुपाल्चोकमा बाढीपहिरोबाट समस्यामा परेकालाई सहयोग गर्दै आएका छन् ।

सुनकोशी गाउँपालिका– ६ का वडाध्यक्ष रामकुमार थापा, नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर– १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, क्षेत्रीय सदस्य रुपकाजी लामासहितको उपस्थिति रहेको थियो ।

एक वर्ष अगाडि सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको नागपुजे भन्ने स्थानमा पहिरोमा पुरिएर श्रेष्ठले आफ्ना आमाबुबासहितका आफन्त गुमाएका थिए । श्रेष्ठ अति विपन्न परिवारका बालक हुन् ।

प्रतिक्रिया
सम्बन्धित