शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मन्त्रीकाे प्रस्ताव लिएर आए, मैले फ्याट्ट स्वीकृत गरिहाँले: प्रधानमन्त्री देउवा

दैनिक नेपाल २०७८ साउन १३ गते १३:३३

काठमाडौँ, १३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि सत्तारुढ गठबन्धनमा विरोध भएको छ ।

गठबन्धनका दलहरुसँग सल्लाह नगरी श्रेष्ठलाई मन्त्री बनाएको भन्दै विरोध भएपछि प्रधानमन्त्री देउवाले गल्ती स्वीकार गरेका छन् ।

वुधबार बालुवाटारमा भएको गठबन्धन दलहरुका नेताहरुबीच भएको बैठकमा अबदेखि सल्लाह नगरी कुनै निर्णय नगर्ने प्रतिवद्धता पनि उनले जनाए ।

बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ’स्वार्थ बाझिने उमेश श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको ?’ भन्दै प्रश्न गरेका थिए ।

त्यस्तै, माओवादीले पनि राजनीतिक नियुक्ति लगायतको विषय गठबन्धनमा छलफल नगरी निर्णय गर्न नहुने बताएको छ ।

मन्त्री बनाएको बारेमा विरोध भएपछि प्रधानमन्त्री देउवाले अहिलेलाई यस्तै भइहाल्यो अब त्यस्तो नहुने बताए ।

प्रधानमन्त्री देउवाले आफ्नै पार्टीबाट मन्त्री बनाउनुपर्यो भनेर आएको र आफूले यस्तो विरोध होला भन्ने नसोचि फ्याट्ट स्वीकृत गरिदिएको बैठकमा उल्लेख गरेको बताइएको छ ।

कसले प्रस्ताव गरेको भन्ने चाँहि देउवाले खुलाएनन् ।

प्रतिक्रिया
सम्बन्धित