बुधबार, ६ असोज २०७८
DainikNepal.com
बुधबार, ६ असोज २०७८

प्रतिगमन कि अग्रगमन ?

वि वि श्रेष्ठ २०७८ साउन १३ गते १२:३९

-वि वि श्रेष्ठ

प्रतिगमन कि अग्रगमन भन्ने वहस विस्तारै धिमा वन्दै गईरहेको छ । किनकी देशमा देउवाको सरकार आएको छ ।

नेपालको राजनितीलाई नजिकबाट नियाल्ने हो भने यो शब्दहरु नेपालको राजनितीमा सदावहार हुन् । जुन आफू अनुकुलताका लागी प्रयोगमा ल्याईने अस्त्र बनेका छन् ।

राजनितीमा सबै सम्भव हुन्छ भन्ने अभिव्यक्त विचारले राजनितीलाई मात्र होईन, हरेक क्षेत्रलाई गाँजेको पाईन्छ । आफु नै सर्वेसर्वा भन्ने सोचले व्यक्ति विशेषलाई मात्र होइन, सिङ्गो समुदायलाई नै बन्धक बनाईदिएको छ ।

राजनीति नै व्यक्ति केन्द्रित वनेपछि त्यसले दिने नतिजा पनि व्यक्ति केन्द्रित नै हुने भयो, नकि समाज र राष्ट्र प्रति । राजनिती भित्र हुने विचार समुह होस वा गुट उपगुट त्यो सवै को अन्तर्य भनेको आफुमा नै निहित वनिदियो ।

नेपालको राजनैतिक स्कुलिङ्ग नै यति अराजक र भष्ट्र वनिदियो कि जति अरुलाई गाली गर्न सक्यो, उति नै वलियो हुन्छु भन्ने कमजोर मानसिकता हावी  बनिदियो ।

निवर्तमान केपी शर्मा ओलीले पहिलोपटक संसद विघटन गर्दा विपक्षाी पार्टी मात्र होईन, नेकपा एमाले भित्रको माधव नेपाल समुहको एउटा पक्ष पनि प्रतिगमन भन्दै सडक देखि सदन हुदै सर्वोच्च सम्म कुर्लियो ।

भन्ने प्रतिगमन भनेता पनि त्यसको अन्तर्य भनेको शक्ति र सत्ता केन्द्रित खेल हो भन्ने कुरामा कुनै दुविधा देखिएन । सर्वोच्च अदालतले देउवालाई परामादेश मार्फत प्रधानमन्त्री नियुक्ती गरेको भोलिपल्ट नै ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिएका र प्रहरीले समेत खोजी सुचिमा रहेका विजयकुमार गच्छदार सर्वोच्च वाट दश लाख धरौटीमा रिहा हुनु, माधव कुमार नेपाल र तत्कालिन प्रधानमन्त्री वावुराम भट्टराई सर्वोच्च अदालतवाट सफाई पाउनुको अन्तर्य भनेको त्यहि प्रतिगमन र अग्रगमन सँग गएर जोडिएको छ ।

हिजो त्यही, देशद्रोही, प्रतिगमनका मतियार आज सत्तासारथी र अग्रगमनका पर्याय वनेका छन् । सत्ता र शक्ति भनेको नै यहि रहेछ । आफु अनुकुलका लागि अग्रगमन र प्रतिकुलका लागि प्रतिगमन मात्र हुन् ।

सादगी नेता कृष्णप्रसाद भट्टराई होस वा मनमोहन, मदन भण्डारी । जसले निश्वार्थ देश र जनतालाई केन्द्रभागमा रहेर राजनिती गरे, उनीहरुले वोल्ने अग्रगमन र प्रतिगमन शुद्ध भएता पनि त्यसपछिका नेताहरुले वोल्ने अग्रगमन र प्रतिगमन फगत मिथ्या मात्र हुन् ।

जसले सिङ्गो जनता र व्यवस्थालाई प्रतिनिधित्व गर्न सक्दैन । अग्रगमन र प्रतिगमन आफैमा साध्य होईनन्, साधन मात्र हो । जुन जसले जता पनि आफु अनुकुलका लागी प्रयोगमा ल्याएर जनतालाई छारा हालिरहेका छन्, भएको यति मात्र हो ।

२०५१ सालमा तत्कालिन जनमोर्चाले जनयुद्ध घोषणा गर्नुपुर्व अहिलेका अग्रगमन भनिने राजनैतिक दलको नेतृत्वमा सरकार रहदाँ विदेशी कठपुतली देखि भएभरका शव्दावलीका जेहाद शव्द छेडेर आन्दोलनमा होमिएको थियो ।

समय विते पनि त्यतिवेलाको परिवेश र अहिलेको परिवेशलाई नजिक वाट नियाल्ने हो भने व्यवस्था परिवर्तन वाहेक अन्य केहि परिवर्तन भएको छैन ।

हिजो त्यही, देशद्रोही, प्रतिगमनका मतियार आज सत्तासारथी र अग्रगमनका पर्याय वनेका छन् । सत्ता र शक्ति भनेको नै यहि रहेछ । आफु अनुकुलका लागी अग्रगमन र प्रतिकुलका लागी प्रतिगमन मात्र हुन् । यसभन्दा अन्यत्र सोच्नु भनेको विवेक र चेतनाशुन्यता मात्र हुन् ।

हिजो सिङ्गो राज्यव्यवस्था विरुद्ध धावा वोलेर आन्दोलनमा आएको तत्कालिन माओवादी शान्तिप्रक्रियामा आईपुगेपछि संसदको सवैभन्दा ठुलो दल हुदै आज खुम्चिएको छ ।

हिजो सत्ताको नेतृत्व गरेको माओवादीको रवैया हेर्दा लाग्दथ्यो, अव अन्य राजनैतिक शक्तिहरु सवै पुरातनवादी, यथास्थितीवादी र प्रतिगामी । आज समय फेरिएको छ । समयको गतिसँगै अस्तित्व विहिन वन्न लागेको माओवादी पार्टी राजनितीमा साध्य होईन, साधन मात्र वनेको छ ।

आफै अस्तित्व र पहिचानको कुरा गर्ने माओवादी आज त्यहि प्रतिगमन, पुरातनवादीको वैशाखीमा आफनो अस्तित्व रक्षाका लागी कुर्लिरहेको छ ।

राजनिती विवेक र चेतनाले गर्ने हो, माओवादी अध्यक्षले यो भन्दा आशाका त्यान्द्राहरु विउझिएका थिए, तर भनाई र गराईको तादात्म्यता नमिल्दा पहिचान रक्षाका लागी कुर्लिने माओावादी अध्यक्ष जनताका माझ नाङ्गिसकेका छन् । सारथी आवश्यकताका वेलामा मात्र सहयात्री वन्न सक्दछन् नकि सर्वत्र ।

हिजो प्रतिगमन भनेर कुर्लने माधव कुमार नेपाल होस वा शेरवहादुर देउवा । विचारको राजनिती होईन, शक्ति र सत्ताका लागी मात्र कुलिएको हो भन्न गाह्रो छैन । विचार समुह आफैमा सकारात्मक होला, तर त्यो व्यक्ति केन्द्रित हैन, समाज र देश केन्द्रित हुनुपर्दछ ।

महाधिवेशनवाट केपी ओली शर्मावाट हारेका माधव कुमार नेपाल ओलीको शक्ति क्षयिकरणका लागी प्रतिगमन भन्दै कुर्लेर आफनै पार्टी अध्यक्षलाई प्रधानमन्त्रीवाट हटाएर देउवालाई प्रधानमन्त्री वनाउनु नै अग्रगमन हो भन्ने ठान्दछन भने त्यो भन्दा घृणित अन्य केहि हुन सक्दैन ।

राजनैतिक अस्थिरतामा रहनुभन्दा जनता मार्फत चुनावमा गई ताजा जनादेशमार्फत शासन व्यवस्था शुरु गर्ने भन्ने ओली प्रतिगमनका मतियार र चुनाव मा हारेर पनि अध्यक्ष वा प्रधानमन्त्री अथवा विना महाधिवेशन जीवन भर अध्यक्ष हुने सोच अग्रगमन ? के यही हो लोकतन्त्र ? जनताको जनादेशलाई सम्मान गर्न नसक्नेहरु चाहि अग्रगमन, जनताको जनादेश प्राप्त गर्ने शासक चाही प्रतिगमन ?

लोकतान्त्रिक देशमा निर्दलियताको पक्षपोषण गरेर फगत ओली हटाएर आफनो भुमिका स्थापित गरेका माधव कुमार अग्रगमन होईन, प्रतिगमनका मतियार हुन् । जुन भोलिको दिनमा देखिनेछ ।

देश र जनताका परिवर्तनका खातिर गरिने क्रियाकलाप राजनिती हुन् तर यहाँ राजनितीका नाममा व्यक्तिकेन्द्रित अभिष्ट पुरा गर्नका लागी गरिने तिकडमलाई राजनिती भनियो ।

हिजो ओलीको वर्हिगमनका लागी तल्लो तहका अभिव्यक्ति दिन पछि नपर्ने नेतृत्वगणले पुष्टि गर्न सक्नुपर्दछ, ओली कसरी प्रतिगामी र देउवा कसरी अग्रगामी ।

राजनैतिक अस्थिरतामा रहनुभन्दा जनता मार्फत चुनावमा गई ताजा जनादेशमार्फत शासन व्यवस्था शुरु गर्ने भन्ने ओली प्रतिगमनका मतियार र चुनाव मा हारेर पनि अध्यक्ष वा प्रधानमन्त्री अथवा विना महाधिवेशन जीवन भर अध्यक्ष हुने सोच अग्रगमन ? के यही हो लोकतन्त्र ? जनताको जनादेशलाई सम्मान गर्न नसक्नेहरु चाहि अग्रगमन, जनताको जनादेश प्राप्त गर्ने शासक चाही प्रतिगमन ?

अनुकुलतामा प्रयोगित शव्द फगत आत्मरतिका लागी मात्र सुहाउँछ, नकि व्यवहारिक कार्यन्वयनका लागी । आफु केन्द्रित गरिने कुकर्मलाई राजनितीको रंग देखाएर सधै चर्चामा रहने सोच घातक हुन्छ ।

को कति अग्रगमन र को कति प्रतिगमनकारी सिमित नेताको परिभाषा नै सर्वाङ्गीण होईन । एक्काईसौ शताव्दीका जनता सधै कसैलाई शक्ति र सत्ताका लागी अन्धभक्त भएर सारथी वन्न सक्दैन ।

नेपालका राजनितीमा धेरै राजनितीकर्मी आए, गए, सवैको परिचय र जनताको मुल्यांकन समान छैन । नेताको चेतना र विवेकले देश र समाजलाई परिवर्तन उन्मुख लैजान्छ, तर त्यो चेतना र विवेक समाज र राष्ट्रकेन्दित हुनुपर्दछ । नत्र जतिसकुै प्रतिगमन र अग्रगमनको नारा ओकले पनि हुनेवाला केही छैन ।

प्रतिक्रिया
सम्बन्धित