मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

टर्कीमा सात सयभन्दा धेरै आप्रवासी पक्राउ

दैनिक नेपाल २०७८ साउन १३ गते ८:२९

टर्की, १३ साउन । टर्कीमा सात सय भन्दा धेरै आप्रवासी पक्राउ परेका छन् । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७ सय ९ जना अवैध आप्रवासी पक्राउ परेका हुन् ।

टर्कीमा प्रहरीले आप्रवासीलाई खोज्ने अभियान चलाएको छ । जुलाई १५ देखि सुरु भएको अभियानको दश दिनमै इस्तानबुल र वरपरका ११ जिल्लाबाट उनीहरु पक्राउ परेका इस्तानबुल प्रहरी बलले जनाएको छ ।

पक्राउ परेकाहरु अवैधरुपमा लुकेर बसीरहेका आप्रवासी हुन् । पक्राउ पर्नेहरुमध्ये धेरैजसो अफगानिस्तानका रहेका इस्तानबुल प्रहरी बललाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अफगानिस्तानमा हिंसाका घटना बढेसँगै शरणार्थीका रुपमा टर्की छिर्नेको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित