ललितपुर, १३ साउन । ललितपुर जिल्लाको बागमती गाउँपालिका–३ भट्टेडाँडामा प्राविधिक शिक्षा प्रोत्साहन शैक्षिक छात्रवृत्ती वितरण कार्यक्रम आज सोमबार सम्पन्न भएको छ ।
बागमती गाउँपालिका– ३ को वडा कार्यालय, भट्टेडाँडाले वडाका आशिका सापकोटा, वन विज्ञान (फोरेस्टी),पुष्पा संजेल (फार्मेसी), सुनिल ग्लान तामाङ, भेटेनरी (पशु), शान्तिमाया स्याङतान तामाङ (भेटेनरी पशु), नर्मता तिमल्सिना (वन विज्ञान), आस्मिनकुमार सिलवाल (इन्जिनियरिङ), अनीष घिमिरे (फार्मेसी), करुणा तिमल्सिना (कृषि) र राम तिमल्सिना (कृषि)का १० जना विद्यार्थीलाई जनही प्राविधिक शिक्षा प्रोत्साहन शैक्षिक छात्रवृत्ति कार्यक्रममार्फत २०–२० हजार रुपियाँ रकम वडाध्यक्ष एवं वाग्मती गाउँपालिका प्रवक्ता विष्णुप्रसाद तिमल्सिनाले वितरण गरेका छन् ।
कार्यक्रममा वाग्मती गाउँपालिका प्रेस संयोजक दीपकप्रसाद घिमिरे, वडा सदस्यहरू गोविन्द दहाल, नवराज खड्का, पानमाया गोङबा तामाङ, सुशीला सुनार लगायतको सहभागिता रहेको थियो ।











प्रतिक्रिया