बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

स्वर्ण पदक जित्दा ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार

दैनिक नेपाल २०७८ साउन १३ गते ८:०९

टोकियो, १३ साउन । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन् । उनले फिलिपिन्सको लागि पहिलोपटक ओलम्पिकमा स्वर्णपदक जिताएकी हुन् ।

सोमबार साँझ भएको भारत्तोलन तर्फको ५५ केजी समूहको प्रतिस्पर्धामा डियाजले स्वर्णपदक जितेकी हुन् । उनले १२७ किलो उठाउँदै भारत्तोलनमा आफ्नो व्यक्तिगत कीर्तिमान पनि सुधार गरेकी छन् ।

फिलिपिन्सले सन् १९२४ मा भएको पेरिस ओलम्पिकमा पहिलोपटक सहभागिता जनाएको थियो । तर, अहिलेसम्म मुलुकको लागि स्वर्णपदक भने कसैले पनि जित्न सकेका थिएनन् ।

डियाजले टोकियो ओलम्पिक आफ्नो लागि अन्तिम ओलम्पिक हुने घोषणा गरिसकेकी छन् । स्वर्णपदक जितेसँगै फिलिपिन्स सरकारले उनलाई ६ लाख ६० हजार डलर बराबरको नगद, केही व्यवसाय र नयाँ घर पुरस्कारको रुपमा बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित