बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

दिनहुँ बढ्दै संक्रमण, ३ हजार ८९९ जनामा कोरोना पुष्टि, २० को मृत्यु, १७ सय ७८ निको

दैनिक नेपाल २०७८ साउन १२ गते १६:५३

काठमाडौँ, १२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ६५५ र एन्टिजेन विधिबाट ४ हजार ८६३ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ८९९ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७ लाख ४२ हजार ८१७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ४७ हजार ७९ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ जना रहेको छ ।

हालसम्म १४ लाख ५७ हजार ६७० जनाले पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ७९८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित