शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कर्मचारीले भदौदेखि १० दिनको भ्रमण विदा पाउने

दैनिक नेपाल २०७८ साउन १२ गते १६:०८

काठमाडौँ, १२ साउन । भदौदेखि कर्मचारीहरुले १० दिनको भ्रमण काज विदा पाउने भएका छन् ।

विशेष कोभिड प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि सरकारले ल्याएको कर्मचारी १० दिने भ्रमण काज विदा कार्यान्वयनमा आउने भएको हो ।

यसअघिको सरकारले चालु आर्थिक २०७८÷७९ को बजेट मार्फत नै १० दिनको कर्मचारी भ्रमण काज छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आवश्यक नीति तथा निर्देशिका तयार भइसकेको जनाएको छ ।

उक्त कार्यक्रम भदौदेखि अनिवार्य रुपमा कार्यन्वयन हुने बताइएको छ ।

निर्देशिकाअनुसार आफ्नो पायक पर्ने घर ससुराली नजिक स्थान रोज्न नपाइने उल्लेख छ ।

त्यस्तै, कर्मचारीले भ्रमण काज सुविधा स्वीकृति र १० दिनको तबल पनि पाउनेछन् ।

अहिले संस्थान, प्रतिष्ठान र निजामती गरी देशभर करिव छ लाखभन्दा बढी कर्मचारी रहेका छन् ।

सरकारले सबै कर्मचारीलाई वर्षमा कम्तिमा एक पटक काज छुट्टीको सुविधा प्रदान गर्ने योजना प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित