८ कार्तिक २०८३, आइतबार

हात्तीको दाह्रासहित तीन जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साङ्केतिक तस्वीर

बारा, १२ साउन । जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगन्ज बजारबाट हात्तीको दाह्रासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

४ फिट लम्बाई १२ इन्च मोटाई भएको १ थान हात्तीको दाह्रासहित निजगढ नगरपालिका–११ बस्ने २९ वर्षीय सूर्यप्रताप तामाङ लगायत तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना. ५० प १२२७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको उक्त दाह्रा फेला पारेको थियो ।