बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रदेश प्रमुखहरू हटाउने तयारीमा प्रधानमन्त्री देउवा, भागवण्डामा नयाँ नियुक्ति गरिने

भाग पाउनेमा आन्तरिक एकता प्रक्रियामा रहेका माधव नेपाल समूह पनि

दैनिक नेपाल २०७८ साउन १२ गते १२:५९

काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषद विस्तारको कामलाई तत्काल थाती राख्दै प्रदेश प्रमुखहरू हटाउने तयारी थालेका छन् ।

उनले सात वटै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने तयारी गरिरहेको बताइएको छ । निवर्तमान केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सात वटै प्रदेश प्रमुख हटाएर गठबन्धनका तर्फबाट भागबण्डामा नियुक्त गर्ने सहमति शीर्ष नेताहरूबीच भएको स्रोतको दाबी छ ।

त्यसमध्ये केहीलाई तत्कालै हटाउने तयारी छ भने केहीलाई समयक्रमसँगै हटाउने बताइएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

स्रोतका अनुसार गठबन्धनका नेताहरूबीच भागवण्डाका आधारमा नयाँ प्रदेशप्रमुख नियुक्त गर्ने सहमतिबमोजिम पूर्ववर्ती सरकारले नियुक्त गरेको सबै प्रमुखहरू हटाउन लागिएको हो । भागवण्डाका आधारमा कांग्रेसले २ वटा, माओवादीले २ वटा, एमालेको माधव नेपाल पक्षले २ वटा र जसपाले एएउटा प्रदेशमा प्रमुख पाउने भएका छन् ।

हाल प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा ‘अहिराज’, वागमतीमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् ।

प्रतिक्रिया
सम्बन्धित