८ कार्तिक २०८३, आइतबार

बालबालिकाका लागि पनि कोरोनाविरुद्धको खोप ल्याउँदै सरकार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । सरकारले बालबालिकाहरूका लागि पनि कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी थालेको छ ।

१२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै सरकारले ६० लाख डोज फाइजर खोप खरीद गर्ने भएको छ । अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरीद गर्न सरकारले कम्पनीसँग सम्झौता समेत गरिसकेको जनाएको छ ।

उक्त उमेर समूहका ५० लाख बालबालिकालाई लक्षित गर्दै फाइजर खोप खरीद गर्न लागिएको हो । आगामी वैशाखसम्म खोप उपलब्ध गराउने फाइजरले जनाएको सरकारी दाबी छ ।

कोरोना भाइरसको तेस्रो लहरको सम्भावनासँगै बालबालिका उच्च जोखिममा रहेकाले सरकारले सो समूहलाई लक्षित गर्दै खोप खरीदको प्रक्रिया अगाडि बढाएको हो ।