शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४१ लाख ८३ हजार नाघ्यो

दैनिक नेपाल २०७८ साउन १२ गते १२:०४

काठमाडौं, १२ साउन । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या ४१ लाख ८३ हजार २९९ पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभरका १९ करोड ५३ लाख ८९ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये ४१ लाख ८३ हजार २९९ जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ । यस्तै, १७ करोड ७२ लाख २३ हजार १४५ को उपचारपछि निको भएका छन् ।

विद्यमान महामारीबाट संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित छ । त्यहाँ हालसम्म ६ लाख २७ हजार ०३९ जनाको मृत्यु भएको छ भने ३ करोड ५२ लाख ८७ हजार २६९ जनामा संक्रमित फेला परेका छन् ।

पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३६ जनाको मात्रै मृत्यु भएको छ । यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ४० हजारभन्दा बढी पुगेको छ ।

इटलीमा मृत्यू हुनेको संख्या १ लाख भन्दा बढी छ । महामारीको शुरुवाती चरणमा इटली सबैभन्दा बढी प्रभावित मुलुक हो ।

ब्राजिलमा ५ लाख ५० हजार ५८६, भारतमा ४ लाख २१ हजार ४१४, स्पेनमा ८१ हजार २६८, फ्रान्समा १ लाख ११ हजार ६६७, बेलायतमा १ लाख २९ हजार १७२ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ६ लाख ८२ हजार ९४७ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म ९७३८ को मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित