८ कार्तिक २०८३, आइतबार

कांग्रेसको पदाधिकारी बैठक बस्दै, १४औँ महाधिवेशनबारे निर्णय हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । मुलुकको पछिल्लो अवस्था र आगामी १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

बैठक मंगलबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको छ ।

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेस गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।