शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

इराकबाट अमेरिकाले सेना फिर्ता बोलाउने

दैनिक नेपाल २०७८ साउन १२ गते ८:००

लण्डन, १२ साउन । यस वर्षको अन्त्यसम्ममा अमेरिकाले इराकबाट आफ्ना सेना फिर्ता बोलाउने बताएको छ । ह्वाइट हाउसमा इराकी प्रधानमन्त्री मुस्ताफा अल–खादिमीसँगको भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले सेना फिर्ताको घोषणा गरेका हुन् ।

उनले इराकी सैनिकलाई तालिम लगायतका अन्य सहयोग भने जारी राख्ने जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपतिको घोषणालाई राष्ट्रपति जर्ज डब्लू बुसका बेला शुरु भएको अर्को युद्ध अन्त्य भएको रूपमा हेरिएको छ ।

भेटमा इराकका प्रधानमन्त्री खादिमीले आफ्नो मुलुकमा अब विदेश सेनाको सहयोग आवश्यक नरहेको बताएका थिए । इराकले पुननिर्माण, शिक्षा र रोजगामीमा आफूलाई रुपान्तरण गर्ने बेला आएको भन्दै विदेशी सेना आवश्यक नरहेको उल्लेख गरेका हुन् ।

इराकमा हिंसात्मक गतिविधिमा संलग्न इस्लामिक स्टेट समूहविरुद्धको कारवाहीमा अमेरिकी सेनाले सहयोग गर्दै आएको छ । त्यहाँ हाल दुई हजार पाँच सय अमेरिकी सेना कार्यरत छन् ।

गत वर्ष राजधानी बगदादमा शीर्ष इरानी जनरल कसेम सोलेमानी र इरान समर्थित शिया मुस्लिम मिलिसियाका नेता मारिएका थिए । इरानसँग सुन्नी जिहादी समूहले अमेरिकी सेना फिर्ता लिन चर्को दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित