शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई, यस्तो छ आयोगको फैसला (पूर्णपाठ)

दैनिक नेपाल २०७८ साउन ११ गते १८:५७

काठमाडौँ, ११ साउन । जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ ।

सोमबा निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादको फैसला गर्दै यादव पक्षलाई आधिकारिकता प्रदान गरेको हो ।

आयोगले यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरु भौतिक रुपमै उपस्थित भएर हस्ताक्षर सनाखत गराउँदा यादवको पक्षमा बहुमत देखिएपछि आयोगले यादव पक्षलाई आधिकारिता दिएको हो ।

आयोगले जसपाको विवादबारे १९ पन्ने फैसला सुनाएको छ । जसमा यादव पक्षलाई आधिकारिकता दिइएको र महन्थ ठाकुरलाई नयाँ नामसहित आयोगमा पार्टी दर्ताका लागि भनिएको छ ।

त्यस्तै, आयोगले जसपाको मात्रै नभएर अन्य दलहरुको आन्तरिक विवादलाई कसरी समाधान गर्ने भन्नेबारे पनि मार्गनिर्देश गरेको आयोगले जनाएको छ ।

यस्तो निर्वाचन आयोगको फैसलाः

प्रतिक्रिया
सम्बन्धित