शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

शिल्पासँग अश्लील फिल्मबारे प्रहरीद्वारा सोधपुछ

दैनिक नेपाल २०७८ साउन १० गते ९:१२

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रा अश्लील फिल्म बनाएर प्रदर्शन गरेको आरोपमा हिरासतमा छन् ।

शुक्रबार राज कुन्द्राको पुलिस हिरासत समय बढाउनुका साथै क्राइम ब्रान्चले शिल्पासँग पनि सोधपुछ गरेको छ ।

शिल्पाको नाममा २३ कम्पनी रहेका छन् । उनी व्यवसायमा राज कुन्द्राको पार्टनर पनि हुन् ।

राज कुन्द्राको कम्पनी वियान इन्डस्ट्रिजको शिल्पा पार्टनर थिइन् । उनले गत वर्ष मात्र यो कम्पनीबाट राजीनामा दिएकी थिइन् ।

मुम्बई पुलिसले सूचना पाएको थियो शिल्पालाई हटशट एपको बारेमा धेरै थाहा छ । त्यसैले ५ घण्टा सोधपुछ गरेको थियो ।

शिल्पालाई राजको एप हटशटको बारेमा पहिले नै थाहा थियो । किनभने राजले कयौँ पटक एपबाट भएको धेरै आम्दानी शिल्पाको एकाउन्टमा राख्थे । शिल्पा राजको एडल्ट कन्टेन्ट कम्पनी केन्रिनको पनि पार्टनर हुन् ।

पहिले यस्तो देखिन्थ्यो कि शिल्पाको यस केससँग कुनै सरोकार छैन । तर आज उनी मुम्बई क्राइम ब्रान्च शाखाको निशानामा परेकी छन् । शिल्पा यो केसमा जोडिएकी छन् कि छैन, उनले कम्पनीबाट कुनै आर्थिक लाभ लिएको छ कि भनेर पत्ता लगाएको छ ।

मुम्बई क्राइम ब्रान्चले शिल्पाको बैङ्क खाताहरूको पनि छानबिन सुरु गरेको छ । यस विषयमा शिल्पासँग फेरि सोधपुछ गर्न सक्छ । वियान ईन्डस्ट्रीजबाट उनको राजीनामाको कारण र कम्पनीमा उनको कार्यकालको समय सीमा समेत पत्ता लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित