बुधबार, ६ असोज २०७८
DainikNepal.com
बुधबार, ६ असोज २०७८

चीनद्वारा अमेरिकी पूर्वमन्त्रीसहितका नागरिकलाई प्रतिबन्ध

दैनिक नेपाल २०७८ साउन १० गते ७:५४

बेइजिङ, १० साउन । चीनले अमेरिकी पूर्व वाणिज्यमन्त्री विल्बर रससहित कैयौं अमेरिकी नागरिक र संस्थाहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

हङकङस्थित चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाइएको जवाफमा चीनले यस्तो कदम चालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङको उक्त निर्णय सार्वजनिक भएको हो ।

हङकङमा गरिएका सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले त्यहाँस्थित चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो । वासिङ्टनले आफ्नो व्यापारिक समुदायलाई हङकङमा काम गर्दा जोखिम बढिरहेको पनि चेतावनी दिएको छ ।

अघिल्लो वर्ष भएका ठूला प्रदर्शनहरूपछि चीनले हङकङमा नयाँ सुरक्षा कानुन कार्यान्वयनमा ल्याएको थियो । त्यसले देशको विभाजन, देश द्रोह र विदेशी शक्तिहरूसँग गठ जोड गर्नेविरुद्ध आजीवन कारावास अधिकतम सजाय तोकेको छ ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयले हालै अमेरिकाले ुहङकङको व्यावसायिक वातावरण धमिल्याउने गरी औचित्यहीनु प्रतिबन्ध घोषणा गरेको भन्दै त्यसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको चरम उल्लङ्घन गरेको जनाएको छ ।

उसले पूर्वमन्त्री रससहित अमेरिकाका सात नागरिक र निकायमाथि प्रतिबन्ध लगाइने पनि जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित