८ कार्तिक २०८३, आइतबार

देउवा सरकारले पनि गर्‍यो झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले नेता खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो । उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्रले दिल्‍लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने व्यवस्था गर्ने मन्त्रिपरिषद्‌ बैठकको निर्णयमा उल्‍लेख छ ।

उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्रले दिल्‍लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने व्यवस्था गरिने मन्त्रीपरिषदको निर्णयमा उल्लेख छ ।

नेता खनालको उपचार खर्च व्यहोर्नेगरी केपी ओली नेतृत्वको निवर्तमान सरकारले पनि सोही प्रकृतिको निर्णय गरेको थियो । तर, तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सो निर्णयको विरोध गरेको थियो ।

यद्यपि, अहिले सो पार्टी सत्तामा पुगेको छ र सत्ता स्वार्थ र गठबन्धन बचाउनका लागि सोही प्रकृतिको निर्णय दोहोर्याएको छ । यसले आफूअनुकुल हुँदा ठिक र प्रतिकुल हुँदा बेठिक बन्ने दलहरूको परम्परालाई पुनर्पुष्टि गरेको छ ।

कुनै पनि व्यक्तिलाई उपचारका लागि रकम निकासा गर्नु कानुनविरीत : पूर्व स्वास्थ्मन्त्री थापा