
काठमाडौं, ८ साउन । ल फर्मभित्र तास खेलिरहेको अवस्थामा ७१ हजार ७०० रूपैयाँ नगदसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित चन्द्रागिरी नगरपालिका–८ बस्ने ५० वर्षीय रविन बिडारीको ल फर्मभित्र तास खेलिरहेको अवस्थामा बिडारीसहित सात जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जुवातास खेलिरहेका भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७०० रूपैयाँ, १ थान तास खेल्न प्रयोग हुने उपकरण र ६ बुक तास सहित पक्राउ गरेको हो ।















प्रतिक्रिया