
काठमाडौं, ८ साउन । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् ।
पार्टी अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपाल लगायतको आग्रहपछि रावलले राजीनामा फिर्ता लिने भएका हुन् । अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमै रावलको राजीनामा फिर्ता हुनुपर्ने बताएका थिए ।
स्रोतकाअनुसार विहीबार ओलीले रावललाई फोन गरेर राजीनामा फिर्ता लिई पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेका थिए । ओलीको आग्रह लगत्तै रावल बरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर गएका थिए ।















प्रतिक्रिया