
काठमाडौं, ८ साउन । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।
आज दिउँसो १ बजे बस्ने बैठकमा नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरूले बधाई तथा शुभकामना दिने कार्यसूची छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७औँ वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।
राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७८ पेश गर्ने कार्यसूची पनि आजको बैठकमा राखिएको छ ।















प्रतिक्रिया