बर्दिया, ८ साउन । बर्दिया जिल्लामा प्रहरीले सौरभ फर्निचर एण्ड स–मिलमा छापा पारेर ६०.२४ क्युबिक फिट काठ बरामद गरेको छ ।
गुलरिया नगरपालिका– ४ तुल्सिपुरमा रहेको स–मिलमा आवश्यक कागजपत्र नभई अबैध रुपमा राखिएका ७१ हजार ९ सय १६ रुपियाँ मूल्य बराबरको सिसौ जातको काठ बरामद गरेको प्रहरीले जनाएको छ ।
बरादम भएका अन्य काठहरूमा ६.३१ क्युफिट सागुन जातको काठ पनि बरामद भएको छ ।
प्रहरी निरीक्षक हरिहर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले काठ बरामद गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय गुलरिया बर्दियामा बुझाएको छ ।











प्रतिक्रिया