८ कार्तिक २०८३, आइतबार

तीन दिन कैद फैसला सुनाइएका बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, ७ साउन । तीन दिन कैद फैसला सुनाइएका बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका–११ बस्ने ३८ वर्षीय बिष्णु जीवन धिताल (सन्ज्याल)लाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेको २०७७ फागुन १२ गतेको फैसलाले बैंकिङ कसूरमा तीन दिन कैद र २ लाख ८० हजार रुपैयाँ जरीवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।