८ कार्तिक २०८३, आइतबार

बाँकेको डुडुवा खोलामा डुबेर तीन जना युवाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बुटवल, ७ साउन । पौडी खेल्ने क्रममा बाँकेको डुडुवा खोलामा डुबेका तीन जना युवा मृत भेटिएका छन् ।

बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेका नेपालगन्जका तीन जना युवाको शव भेटिएको बाँके जिल्लाका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।

कोहलपुर १० रहेको उक्त स्थानमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका नेपालगञ्ज उप–महानगरपालिका ११ का १८ वर्षीय राशिद जसगढ, सोही ठाउँका १८ वर्षिए अरमान जसगढ र १६ वर्षीय आरिफ जसगढको मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनीहरुको सुरक्षाकर्मीको सहयोगमा खोजी गरिएको थियो । तर उनीहरु सबै मृत अवस्थामा भेटिएका हुन् । मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज राखिएको छ ।