
काठमाडौं, ७ साउन । सार्वजनिक यातायातको भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै यातायात व्यवसायी सडक आन्दोलनमा निस्किएका छन् ।
आफूहरूको माग पूरा गराउने उद्देश्यले उनीहरुले आज काठमाडौंमा र्याली आयोजना गरेका छन् । र्यालीका कारण उपत्यकाका कतिपय सडकमा सवारी अस्तव्यस्त बनेको छ । व्यवसायीले साना तथा ठूला सवारी साधन चक्रपथमा निकालेर र्याली आयोजना गरेका हुन् ।
१० वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायी विरोधमा छन् । त्यस्तै यातायात मजदूरलाई खोप उपलब्ध गराउनुपर्ने, २० वर्ष पुगेका सवारी साधनको अवधि थप हुनुपर्ने, नवीकरण तथा जरीवाना छूट लगायत माग पनि व्यवसायीले राखेका छन् ।















प्रतिक्रिया