शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

ओलम्पिकमा महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सको गतिलो सुरुवात

दैनिक नेपाल २०७८ साउन ७ गते ८:३४

टोकियो, ७ साउन । टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सले सानदार सुरुवात गरेका छन् ।

बुधबार राति भएको खेलमा ब्राजिलको महिला फुटबल टोलीले चीनलाई ५–० गोल अन्तरले पराजित गरेको छ । नेदरल्याण्ड्सले जाम्बियामाथि फराकिलो जित दर्ता गरेको छ । पहिलो पटक ओलम्पिक खेलिरहेको नेदरल्याण्ड्सले जाम्बियालाई १०–३ गोल अन्तरले हरायो ।

नेदरल्याण्ड्सको जितमा भिभिएनी मिडेमाले ह्याट्रिकसहित ४ गोल गरिन् भने लिके मार्टिनले दुई तथा सानिस भान डि सान्डेन, जिल रुड, लिनेथ विरेन्सटेन र भिक्टोरिया पेलोभाले एक एक गोल गरे ।

खेलमा स्वीडेनले अमेरिकालाई ३–० गोल अन्तरले पराजित गर्दा बेलायतले चिलीलाई २–० गोल अन्तरले हराएको छ ।

अस्ट्रेलियासँग न्यूजिल्याण्ड २ –१ गोल अन्तरले पराजित भएको छ । जापान र क्यानडाले १–१ गोल गर्दै बराबरी खेलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित