शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

यो हो चीनको एक घण्टामै ६ सय किलोमिटर दौड्ने रेल

दैनिक नेपाल २०७८ साउन ६ गते ७:२१

बेइजिङ, ६ साउन । चीनले प्रतिघन्टा ६ सय किलोमिटरको गतिमा चल्ने रेल बनाएको छ । मंगलबार उक्त रेलको प्रारम्भिक भर्सन पूर्वी तटीय सहर छिङताओमा सार्वजनिक गरिएको छ।

चीनको सरकारी स्वामित्वमा रहेको रेलवे रोलिङ स्टक कोअपरेशनले ६ सय किलोमिटर प्रतिघन्टाका गतिमा कुद्ने रेल म्यागलेभ ट्रेन स्वदेशमै बनाएपछि चीन ुट्रान्सपोर्ट सुपरपावर भएको दाबी गरेको छ ।

यो रेल पाँचदेखि दश वर्षमा व्यावसायिक प्रयोगमा ल्याउन सकिने चिनियाँ इन्जिनियरहरूले बताएका छन् । यसअघिका रेलभन्दा म्यागलेभ रेल फरक छ । ट्रयाकको माथि झुन्डिन्छ र इलेक्ट्रोम्याग्नेटिक शक्तिले गुड्छ ।

चीनमा अहिलेसम्म कुनै सहरभित्र र अन्तर–सहरबीच यो गतिको रेल कुद्ने ट्रयाक बनिसकेको छैन । सांघाईमा विमानस्थलबाट सहरसम्म पुग्ने म्यागलेभ ट्रेन कुदने ट्रयाक छ ।

प्रतिक्रिया
सम्बन्धित