शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

सन्दीपले किन पाएनन् क्रिकेट लिग दी हन्ड्रेड खेल्न ?

दैनिक नेपाल २०७८ साउन ५ गते १९:०५

काठमाडौँ, ५ साउन । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन् ।

सन्दीपले इंगल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेका कारण लिग खेल्न नपाएको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् ।

सन्दीप आज वा भोलि नेपाल फर्कँदै छन् ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा पहिलो पटक हुन लागेको दी हन्ड्रेडमा सन्दीप ओभल इन्भिन्सिबल्समा ६० हजार पाउण्डमा अनुबन्ध भएका थिए ।

सन्दीप सम्मिलित टिमले यही जुलाई २२ मा पहिलो खेल खेल्दैछ । असार २४ गते इंग्ल्याण्ड पुगेका सन्दीपले १० दिनको क्वारेन्टिन बसाइ पूरा गरेपछि भिसामा समस्या आएको हो ।

यसअघि पनि उनले भिसाकै कारण खेल गुमाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित