शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

टोकियो ओलम्पिक्सका खाट यौन सम्पर्क रोक्न बनाइएको हो ? (भिडियोसहित)

दैनिक नेपाल २०७८ साउन ५ गते १३:४२

जापान, ५ साउन । एक ओलम्पिक्स खेलाडीले जापानको टोकियोस्थित ‌ओलम्पिक भिलेजमा खेलाडीहरूलाई कार्डबोर्डबाट बनेको खाट विशेष उद्देश्यले दिइएको भन्ने चर्चा असत्य भएको पुष्टि गरिदिएका छन् ।

वातावरणीय र दीगो योजना टोकियो ओलम्पिक्स २०२० ले प्रमुख महत्त्व दिएको छ । नवीकरणीय स्रोतबाट विद्युत् आएको छ भने ओलिम्पिक्स टर्च पुनर्प्रशोधित एल्युमिनीअम र पदकहरू पनि पुनर्प्रशोधित यन्त्रबाट निर्माण गरिएका छन् ।

यसका कारण खेलाडीहरूलाई दिइएको कार्डबोर्डबाट बनेको खाटको पछाडि यौन गतिविधि नियन्त्रण गर्ने उद्देश्य भएको आशङ्का गरिएको थियो ।

केही मिथ्या सूचनामा ती खाट एकभन्दा बढी व्यक्ति सुतेमा भाँच्चिनेगरी बनाइएको र त्यसका उद्देश्य खेलाडीहरूले यौन सम्पर्क नगरून् तथा सामाजिक दूरी कायम राखून् भन्ने भएको दाबी गरिएको थियो ।

यसका निर्माताहरूले ती खाटमा २०० किलोग्रामसम्म वजन थाम्ने बताएका थिए ।

अमेरिकी खेलाडी पाउल चेलिमोले सामाजिक सञ्जालमा ती खेलाडीहरूबीच अन्तरङ्ग सम्बन्ध रोक्न लक्षित भएको बताएका थिए । तर यी धावकलाई सामाजिक सञ्जालमा ठट्टा गर्ने प्रयोगकर्ताका रूपमा चिनिन्छ ।

तर पनि यी खाटहरू यौन सम्बन्ध रोक्न बनाइएको भन्ने हल्ला रोकिएन । यो कुरा यति फैलियो कि आयोजकले आधिकारिक ट्विटरबाट आयरल्यान्डका २१ वर्षीय खेलाडी रिस मक्क्लेनागनलाई धन्यवाद दिनुपर्‍यो ।

मक्क्लेनागनले ती खाटमाथि उफ्रेर एउटा भिडिओ बनाए र ती कुराहरू हल्ला मात्रै भएको ट्विटरमा बताएका छन् । ओलम्पिक्सको एकाउन्टबाट उनलाई मिथ्या कुरालाई सच्याएकोमा धन्यवाद भनिएको छ ।

यस्तो छ २१ वर्षीय खेलाडी रिस मक्क्लेनागनले बनाएको भिडियो–

बीबीसीबाट

प्रतिक्रिया
सम्बन्धित