बाग्लुङ, ५ साउन । बाग्लुङ जिल्लामा चार जना मजदुरको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको छ।
गलकोट नगरपालिका– ७ मल्मको एक खानेपानी आयोजनामा काम गर्ने मजदुर २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको स्थानीयले बताएका छन् ।
मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको छ ।
सोमबार स्थानीय मदिरा पसलमा लोकल मदिरा सेवन गरेका उनीहरू गम्भीर बिरामी परेका थिए ।











प्रतिक्रिया