मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

इराकमा बम विस्फोट, २५ जनाको मृत्यु

दैनिक नेपाल २०७८ साउन ५ गते ९:०५

लण्डन, ५ साउन । इराकको राजधानी बग्दादमा बम विस्फोट भएको छ । विस्फोटमा परि कम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएका इराकको सुरक्षा निकायले जनाएको छ ।

विस्फोटमा परि महिला र बालबालिकाले पनि ज्यान गुमाएका छन् । मुस्लिम धर्मावलम्बीले इद पर्वको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोट भएको हो ।

विस्फोट व्यस्त बजारमा भएको थियो । केही पसलहरूमा समेत आगलागी भएको छ । इस्लामिक स्टेट आईएस समूहले घटनाको जिम्मेवारी लिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पछिल्लो ६ महिनामा बग्दादमा भएको यो सबैभन्दा घातक घटना भएको बीबीसीले जनाएको छ । इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जिहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो । तर, गोप्य रूपमा केही सदस्यले सानातिना घटनाहरू गराउँदै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित