बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

ओलम्पिकमा धेरै गोल्ड मेडल जित्ने राष्ट्रहरू को–को ?

दैनिक नेपाल २०७८ साउन ५ गते ७:३६

जापान, ५ साउन । टोकियो ओलम्पिक केही समयपछि शुरु हुदैँछ जसका लागि विश्वका दाबेदार देशहरूले तयारी तिव्र गारिरहेका छन् ।

ओलम्पिकमा फुटबललाई सन् १९०० बाट समावेश गरिएकोे थियो । त्यसदेखि यो हरेक संस्करणमा समावेश हुँदै आएकोे छ ।

१९९२ को बार्सिलोना ओलम्पिकबाट भने फुटबल ओलम्पिकलाई यु २३ को रुपमा खेलाउने निर्णय भएको थियो । पहिलो संस्करणको ओलम्पिकमा ब्रिटेनले गोल्ड मेडल हात पारेको थियो ।

दक्षिण अमेरिकन फुटबलमा बलियो राष्ट्रहरू अर्जेन्टिना र उरुग्वेले यो उपाधि उक्त क्रममा लगातार दुई वर्ष जितेको थियो । अर्जेन्टिनाले यो उपाधि २००४ र २००८ मा जितेको थियो ।

२००८ मा अर्जेन्टिनाले ओलम्पिक जित्दा टिममा हालका कप्तान मेस्सी पनि रहेका थिए । ५ पटकको विश्वकप विजेता ब्राजिलले भने ओलम्पिक एकपटक मात्र जितेकोे छ । जुन २०१६ को रियो ओलम्पिक रहेको थियो ।

सर्वाधिक ओलम्पिक जित्ने टिममा हंगेरी पहिलो नम्बरमा रहेको छ । हंगेरीले ३ पटक ओलम्पिक आफ्नो नाममा पारेको छ ।

ब्रिटेन ३, अर्जेन्टिना २, उरुग्वे २ र सोभियत युनियनले पनि २ पटक ओलम्पिक जितेकोे इतिहास रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित