बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

युरोपमा भीषण पहिरो, १२० भन्दा धेरैको मृत्यु

दैनिक नेपाल २०७८ साउन २ गते ७:१६

लण्डन, २ साउन । अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी पश्चिम युरोपमा १२० जनाभन्दा बढीको मृत्यु भएको छ ।

बाढीका कारण जर्मनीमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै बेल्जियममा करिब २० जनाको मृत्यु भएको बताइएको छ ।

जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ ।

विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहरिरहने ठानिएको तर कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएको छ ।

नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् ।

हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एंगेला मर्केलले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुअघि उक्त बाढीलाई विपद्को संज्ञा दिएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित