
काठमाडौँ, १ साउन । नेपाली सेनाले चार कमाण्डको संरचना कार्यान्वयनमा ल्याएको छ ।
शुक्रबार सैनिक मुख्यालय जंगीअड्डामा आयोजित कार्यक्रममा सेनाले आठ पृतनाको संरचना खारेज गरी नयाँ संरचना कार्यान्वयनमा ल्याएको हो ।
गत फागनु २० गतेको मन्त्रिपरिषद्को बैठकले पूर्वी, मध्य, पश्चिम र उपत्यका कमाण्डको संरचनालाई स्वीकृत गरेको थियो ।
कार्यक्रममा चारै कमाण्डका सेनापतिहरुलाई कमाण्ड झण्डा हस्तान्तरण गरिएको छ ।
यसअघि सात प्रदेश र संघीय राजधानी काठमाडौंमा गरी सेनाका आठवटा पृतना थिए ।












प्रतिक्रिया