शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

यस कारण लिओनल मस्सी निकै सफल

दैनिक नेपाल २०७८ साउन १ गते ११:२६

लण्डन, १ साउन । अर्जेन्टिनाले २८ वर्षपछि यसपटक कोपा अमेरिकाको उपाधि जितेको थियो । मुख्य प्रतिद्वन्द्विका रुपमा लिइने ब्राजिललाई फाइनलमा १–० ले हराउँदै अर्जेन्टिनाले यसपटकको उपाधि जितेको थियो ।

अर्जेन्टिनाको त्यो १५ औं कोपा अमेरिका उपाधि हो । मुख्यतः अर्जेन्टिनी सुपर स्टार कप्तान लिओनल मेस्सीका लागि त्यो उपाधि बढी स्मरण गरिनेछ । उनले अर्जेन्टिनाका लागि जितेको त्यो पहिलो उपाधि थियो ।

झन्डै २ दशक लामो खेल जीवनमा क्लबमा फुटबलमा सबै खाले उपलब्धी हासिल गरिसकेका मेस्सीले अर्जेन्टिनालाई सफलता दिलाउन भने लामो प्रतीक्षा गर्नु परेको थियो ।

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका जित्दा उनका लागि व्यक्तिगत रुपमा पनि विशेष बन्यो । प्रतियोगिताको सुरुवातदेखि अन्त्यसम्म मेस्सीको टोलीको प्रदर्शनमा प्रभाव पार्न सफल रहे । टोलीले यसपटक गरेका १२ गोलमध्ये ९ गोलमा मेस्सीको भूमिका रह्यो ।

मेस्सीले खेलेको कोपा अमेरिकाको यो छैटौं संस्करण हो । छ संस्करण खेल्ने कुनै पनि अर्को खेलाडीले त्यो कीर्तिमान बनाउन सकेका छैनन् । यसपटक मात्र उनले ४ गोल गर्नुका साथै ५ असिस्ट पनि गरे । समग्रमा ६ संस्करणमा ३४ खेल खेलेका उनले १३ गोल र १७ असिस्ट गरेका छन् ।

अर्जेन्टिनाका महान डिएगो म्याराडोनासँग तुलना गर्दा कोपा अमेरिकामा तथ्याङ्कका आधारमा मेस्सी बढी सफल देखिन्छन् । म्यारोडोनाले कोपा अमेरिकाका ३ संस्करण खेलेका थिए ।

जसमा उनी उपाधि जित्न असफल रहे । तीन संस्करणमा म्याराडोनाले १२ खेल खेलेका थिए । उनले १२ गोल गरे भने कुनै पनि गोलमा असिस्ट गरेनन् ।

प्रतिक्रिया
सम्बन्धित