पोखरा, १ साउन । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ ।
जिसीलाई शुक्रबार बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको हो । मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।
सामान्य प्रकारका मस्तिष्कघात भएका कारण जिसीको स्वास्थ्य खतरामुक्त रहेको आफन्तले जनाएका छन् ।
मेयर जिसीलाइ थप उपचारका लागि काठमाडौंस्थित न्युरो अस्पताल लैजाने तयारी गरिएको छ ।











प्रतिक्रिया