५ मंसिर २०८३, शनिबार

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै, के गर्छ नेपाल समूह ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । प्रमुख विपक्षी दल एमालेको स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ ।

बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे आजको बैठकमा छलफल हुनेछ ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेका थिए ।

पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते दिउँसो ४ बजे बस्दैछ ।

नेपाल समूहका नेता विरोध खतिवडाले आजको बैठकमा सहभागी नहुने बताएका छन् ।

स्थायी कमिटी बैठकपछि दिउँसो ३ बजे एमालेको संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्दै छ ।