
काठमाडौँ, असार २९ । राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख भएको छैन ।
सर्वाेच्च अदालतको संबैधानिक इजलाशले दिएको परमादेशअनुसार राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तीमार्फत राष्ट्रपतिले सर्वाेच्चको फैसलाअनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरेको जनाएका छन् ।
राष्ट्रपतिले संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि देउवाको नियुक्तिमा सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम नियुक्त गरिएको उल्लेख छ ।
अदालतले देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
अदालतकै परमादेशअनुसार प्रधानमन्त्री नियुक्त गरिएको कारण धारा उल्लेख नगरिएको विश्लेषण गरिएको छ ।













प्रतिक्रिया