१६ कार्तिक २०८३, सोमबार

ओली देउवाको सपथ ग्रहणमा नजाने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् ।

पूर्वप्रधानमन्त्रीलगायत नेताहरु सपथ ग्रहण समारोहमा उपस्थित भए पनि ओली पुगेका छैनन् ।

स्रोतका अनुसार अघिल्लोपटक आफ्नो सपथ ग्रहणमा देउवासहित पूर्वप्रधानमन्त्रीहरु नगएको भन्दै ओली अनुपस्थित भएका हुन् ।

संविधानको धारा ३ बमोजिम ओलीले प्रधानमन्त्रीको सपथ लिँदा विपक्षी दलको नेता रहेका देउवासहित पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई अनुपस्थित थिए ।