१६ कार्तिक २०८३, सोमबार

विदा हुँदै ओलीले भने: आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । निवर्तमान प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकार ऐतिहासिक रूपमा सफल भएको बताएका छन् ।

जाँदा जाँदै मंगलबार सिंहदरबारमा देशवासीको नाममा सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको सरकार ऐतिहासिक रूपमा सफल भएको बताउँदै योगदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

‘मेरो नेतृत्वमा सञ्चालित सरकार ऐतिहासिक रूपमा सफल सरकार हो । त्यसको सफलतामा धेरैको योगदान छ’, उनले भने, ‘सबैको सद्भावले यो सफलता प्राप्त भएको हो । यसले हामीलाई ऊर्जा प्राप्त दिएको छ ।’

ओली आजै सिंहदरबारबाट विदा भएका छन् ।